जोखिम तथा अग्रपंक्तिका समूहलाई यसै चरणमा खोप लगाउने स्वास्थ्य मन्त्रालयको निर्णय

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जोखिम तथा अग्रपंक्तिमा रहेका दर्ता भएका औषधि पसलमा कार्यरत र प्रयोगशालामा काम गर्ने अन्य कर्मचारी तथा सफाइकर्मीलाई यसै चरणमा खोप उपलब्ध गराउने निर्णय गरेको छ।

शनिबार बसेको स्वास्थ्यका अधिकारी र विज्ञको बैठकले खोप कार्यान्वयनको प्रगति र पुनरावलोकन र  समीक्षा गरी उक्त निर्णय गरेको हो।

बैठकले क्याम्पस तथा विद्यालयका प्राध्यापक, शिक्षक तथा कर्मचारी, सार्वजनिक यातायातका चालक तथा सहचालकलाई दोस्रो प्राथमिकताको (५५ वर्षमाथि उमेर समूहलाई लगाइने खोप चरणमा) खोप लगाउन आवश्यक तयारी तथा व्यवस्थापन गर्ने पनि निर्णय गरेको छ।

खोप खरिद तालिका तथा खोप अभियान सञ्चालनको तालिकाको सामञ्जस्यता मिलाउने गरी व्यवस्थापन गर्ने निर्णय पनि बैठकले गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय