अफिनका पदाधिकारी भन्छन्- डाक्टरको परामर्श शुल्क बढाउने निर्णय हामीलाई नै थाहा छैन

हेल्थपाेस्ट/काठमाडौं
प्रकाशित
२०७७ फागुन ८ गते १२:२८

नेपाल चिकित्सक संघ र एसोसिएन अफ प्राइभेट हेल्थ इन्स्टच्युसन नेपाल (अफिन) ले बढाएको भनेको परामर्श शुल्क बोर्डमै छलफल नभएको पाइएको छ।

बोर्डका एक अधिकारीले आफूहरू बीचमा छलफल नभएर निर्णय बाहिरिएको बताए।

‘यो निर्णय कार्यसमितिभन्दा बाहिरबाट आएको हो, उनले भने, ‘यस विषयमा छलफल हुन बाँकी छ।’

‘बोर्डमा छलफल भएको छैन। त्यसैले यो बिषयमा म अहिले धेरै बोल्दैन’, उनले भने, ‘शुक्रबार हामीले बैठक बोलाएका छौं। त्यो बैठकमा हामीहरूका बीचमा छलफल हुनेछ।’

कोरोना महामारीले सबै पक्ष आर्थिक मारमा परिरहेको समयमा सबैका बीचमा छलफल भएर यो बिषय बाहिरिएको भए राम्रो हुने उनको तर्क छ।

अफिनका उपाध्यक्ष कुमार थापा बोर्डका पदाधिकारीको उक्त आरोपलाई स्वीकार्दैनन्। ‘यो अहिले नभइ एक वर्ष अगाडिको निर्णय हो। एक वर्ष पहिले नै बैठकबाट पारित भइसकेको निर्णय निर्णय भएकाले अहिले बोर्डका साथीहरूलाई जानकारी नभएको होला’, उनले भने।
उनले कोरोनाका कारण एक वर्ष पहिले नै गरिएको निर्णय भरखर लागु गरिएको बताए।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पनि शुल्क बढाइएकोप्रति असन्तुट छ। मन्त्रालयले बिहीबार पत्रकार सम्मलेन गर्दै छलफल नै नगरी गरिएको निर्णय लागू नहुने जनाएको हो।

माघ ४ मा मन्त्रालयका प्रमुख विशेषज्ञको संयोजकत्वमा रहेको कमिटीसँग गरिएको सम्झौता कार्यान्वयन गर्न मन्त्रालयले थप निर्णय गनुपर्ने तथ्यलाई नबुझी गरिएको निर्णय लागू नहुने स्वास्थ्यमन्त्री हृदेयश त्रिपाठीले बताए।

‘मन्त्रालयबाट गठित परामर्श शुल्क सिफारिस समितिले सिफारिस गरेको शुल्क परिमार्जनलाई मन्त्रालयले निर्णय नगरिसकेको अवस्थामा मन्त्रालयसँग थप परामर्श नगरी शुल्क वृद्धि गर्ने अवस्था छैन,’ मन्त्री त्रिपाठीले भने, ‘यो शुल्क कुनै पनि अस्पतालमा लागू हुँदैन।’

तर, अफिनका उपाध्यक्ष थापा मन्त्रालयलाई एक महिनाको समय दिँदादिँदै आफूहरूका माग सुनुवाइ नभएकाले एकलौटी निर्ण सार्वजनिक गर्न बाध्य भएको बताउँछन्।

मन्त्रालयले निजी स्वास्थ्य संस्थाहरूमा कार्यरत चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीको न्यूनतम पारिश्रमिक, अस्पतालको सेवा शुल्क र परामर्श शुल्कसमेत सापेक्षित परिमार्जन गर्न सरोकालवालासँग छलफलको लागि तयार गरहेको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय