घरमै यसरी बनाउन सकिन्छ स्वादिष्ट केक

हेल्थपाेस्ट/काठमाडौं
प्रकाशित
२०७७ फागुन ८ गते ८:२१

घरमा बच्चालाई खान के दिने भन्नेमा धेरैलाई परेसानी भइरहेको हुन्छ। बच्चालाई खुवाउने खाना स्वस्थ हुनुका साथै पौष्टिक युक्त हुनुपर्छ। फेरी बच्चाहरूले सबै खानेकुरालाई मन लगाएर खाइरहेका हुँदैनन्।

बच्चाहरूको घरभन्दा बाहिरको चिज खाने बानी हुन्छ। उनीहरू जंक फुड धेरै मन पराउँछन्। बच्चाहरूले बाहिरको चिज मन पराए पनि त्यो उनीहरूका लागि स्वास्थ्यवर्धक हुँदैन।

त्यसैले हामीले चाह्यौ भने बच्चाहरूका लागि पौष्टिक युक्त केक घरमै बनाउन सक्छौं। घरमा केक बनाउन झन्झटिलो हुने भएकाले धेरै मानिसले घरमा केक बनाइरहेका हुँदैनन्। तर, यहाँ जुक केकको बारेमा चर्चा गर्न खोजिँदै छ त्यो केक बनाउन कुनै समस्या हुँदैन।

सबैभन्दा पहिले यो केक बनाउनका लागि मैदा, पिठो, गाजर, दूध, दही, खाने सोडा, बेसार चाहिन्छ। यी सबैलाई एकैसँग मिलाउनुपर्छ। त्यसपछि यसलाई १८० डिग्रीमा हिट गर्नुपर्छ। किनकी यसको आवस्यकता हामीलाई केक बनाउनका लागि पर्छ।

त्यसपछि हामीले एउटा सफा भाडो लिनुपर्छ। त्यसमा चिनी, दूध र दही लिनुपर्छ। यसलाई एउटा भाडोमा राम्रोसँग मिलाउनुपर्छ। चिनि राम्रोसँग मिल्नुपर्छ। त्यसपछि यसमा गाजर, बेसार र नुन राखेर मिलाउनुपर्छ। त्यसपछि यसमा बिस्तारै मैदा र पिठोको मिश्रण गर्नुपर्छद्ध। यसलाई बिस्तारै बिस्तारै मिलाउनुपर्छ।

यसलाई क्रिमी पेस्ट तयार नहुँदासम्म मिलाउनुपर्छ। र, यसमा ओखर राख्नुपर्छ। केक तयार गर्ने भाडोमा घिउ वा नौनी राम्रोसँग लगाउनुपर्छ। यस्तो गर्दा केक भाडोमा चप्किँदैन। त्यसपछि यसमा थोरै मैदा हाल्नुपर्छ। त्यसपछि यसमा केकको मिश्रण हाल्नुपर्छ। र, त्यसमाथि ‌ओखर हाल्नुपर्छ। त्यसपछि २०-२५ मिनेट ओभनमा राख्नुपर्छ। जसले केक राम्रोसँग सेट हुन्छ।

त्यसपछि यो केक चिसो हुँदा क्रिमसँग मजाले खानसकिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय