कोरोना महामारीमा स्टारको योगदान अतुलनीय :  स्वास्थ्यमन्त्री त्रिपाठी

कोरोना महामारीमा स्टार अस्पतालले गरेको योगदान अतुहनीय रहेको स्वास्थ्यमन्त्री हृदेयश त्रिपाठीले बताएका छन्।

अस्पतालको एनआइसियु सेवा उद्घाटनमा मन्त्री त्रिपाठीले कोरोना महामारीमा स्टारको गरेको काम प्रशंसायोग्य भएको बताए।

‘म आज यहाँ तपाईहरूले गर्नु भएको योगदान कदर गर्दै धन्यवाद दिन  आएको हुँ,’ मन्त्री त्रिपाठीले भने, ‘ कोरोना संक्रमणको सुरूवाती चरणमा कमै अस्पातल मात्रै अगाडी सरे। त्यसमध्ये स्टार पनि एक हाे।’

कोरोना संक्रमणको सुरूवाती दिनदेखि नै स्टार दिएको सेवा प्रति सरकार सराहनीय भएको बताए।

‘तपाईहरूले दिएको सेवा सराहनीय रहेको छ,’ मन्त्री त्रिपाठीले भने, ‘ यस्ता तपाईहरूको काम सरकारको मन मस्तिष्कमा रहिरहने छ।’

पीसीआर परीक्षण सुरु गर्ने स्टार पहिलो निजी अस्पताल हो।

हालसम्म स्टारले १ लाख १२ हजारभन्दा बढी जनाको पिसिआर परीक्षण गरेको छ।

शुक्रबारदेखि अस्पतालले ६ बेडको एनआइसियु सेवा पनि सञ्चालन गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय