स्टार हस्पिटलले सुरू गर्‍यो एनआइसियु सेवा

ललितपुर सानेपास्थित स्टार अस्पतालमा शिशु सघन स्याहार तथा उपचार कक्ष (एनआइसियु) सेवा सुरु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले एनआइसियु कक्षको उद्घाटन गरेका हुन्।

मुलुकमा एनआइसियु सेवाका कारण धेरै शिशुको मृत्यु हुने गरेको छ।

हाल देशभर १७ वटा अस्पतालमा मात्रै एनआइसियु सेवा रहेको छ। ती अस्पतालमा १ सय १८ मात्र एनआइसियु बेड छन्।

अस्पतालका अध्यक्ष किशोर महर्जनले एनआइसियु सेवा अभावले धेरै शिशुको मृत्यु भइरहेको बताए।

‘हजारौँ संख्यामा एनआइसियु सेवा नपाएर शिशुको मृत्यु भइरहेको छ। हामीले पहिला देखि यो सेवा सञ्चालन गर्न लागेका थियौँ,’ अध्यक्ष महर्जनले भने, ‘ आज एनआइसियु सेवा सञ्चालन गर्न सफल भयौँ।’

अस्पतालले ६ वटा एनआइसियु बेडबाट सेवा दिने  जनाएको छ।

एनआइसियुको अभावका कारण हजारभन्दा बढी शिशुहरू मृत्यु हुने गरेको महर्जनले बताए।

‘हामीसँग देशभरबाट सयको संख्यामा मात्रै एनआइसियु बेड उपलब्ध रहेको छ,’ उनले भने, ‘ अझै शिशुको एनआइसियु बेडको अभाव मृत्यु भएको संख्यालाई हेर्दा हामीलाई हजार बेडभन्दा बढी चाहिन्छ।’

स्टारले एनआइसियु सेवा सञ्चालन गरेसँगै केही बेड अभावमा उपचार नपाउने समस्यामा कमी हुने महर्जनको भनाई छ।

त्यसैगरी, स्वास्थ्यमन्त्री हृदेयश त्रिपाटीले अस्पतालले एनआइसियु सेवा सञ्चालन गरेकोमा आभार प्रकट गरे।

मेडिकल डाइरेक्टर डा.शैल रुपाखेतीले आफ्नो अस्पतालको प्रयोगशाला ‘ख’ बर्गबाट ‘क’ मा स्तरोन्नती भएकोमा खुशी व्यक्त गर्दै अस्पतालको सेवा सुविधा अझै विस्तार गर्दै लैजाने बताए।

१४ वर्षदेखि सञ्चालित यस अस्पतालमा स्टार अस्पतालले सेटेलाइट अस्पतालका रुपमा बागमती प्रदेशमा नुवाकोटमा सेवा विस्तार गरेको छ भने आगामि दिनमा अन्य प्रदेशमा पनि सेवा सुरु गर्ने योजना रहेको रुपाखेतीले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय