नर्सलाई न्युनतम पारिश्रमिक दिन स्वास्थ्य संस्थाहरूलाई मन्त्री त्रिपाठीको निर्देशन

स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदेयश त्रिपाठीले नर्सलाई न्युनतम पारिश्रमिक दिनुपर्ने बताएका छन्।

सानेपा  स्थित  स्टार हस्पिटलको एनआइसियु उद्घाटन कार्यक्रमा मन्त्री त्रिपाठीले अनिवार्य रूपमा निजि स्वास्थ्य संस्थालाई नर्सको न्युतनतम पारिश्रमिक दिन निर्देशन दिएका हुन्।

निजी स्वास्थ्य संस्थाले सरकारले तोकेको भन्दा कम नर्सको पारिश्रमिक दिइरहेको गुनासो आइरहेको मन्त्री त्रिपाठीले बताए।

‘सरकारले नर्सको जुन न्युनतम पारिश्रमिक तोकिएको छ। त्यसलाई पालन गर्न सबैलाई आग्रह गर्दछु,’ मन्त्री त्रिपाठीले भने, ‘यो सरकारले निबन्ध लेखिदिएको मात्रै होइन। यो पालन गराउनको लागि तोकिदिएको हो।’

अधिंकास ठुला निजी अस्पतालले नर्सलाई ७–८ हजारमा समेत काम लगाइरहेको पाइरहेको छ।

त्यसैगरी, नेपाल चिकित्सक संघ र एसोसिएन अफ प्राइभेट हेल्थ इन्स्टच्युसन नेपाल (अफिन) ले डाक्टरको परामर्श शुल्क बढाएकोप्रति उनले आपत्ति जनाए।

‘यो विषयमा स्वास्थ्य मन्त्रालयलाई कुनै जानकारी थिएन। शुल्कबृद्धि भएपछि सञ्चार माध्यमबाट जानकारी भयो,’ उनले भने, ‘ शुल्क बढाउने उहाँहरूलाई अधिकार नै छैन।’

‘कोभिडको बेलामा मौकाको फाइदा उठाएर शुल्क बढाउने खोजेको हो कि? उनले प्रश्न गरे।

‘उहाँको शुल्क बढाउने आवश्यकता होला। उनले भने, ‘ कुनै संस्थाले आफ्नो मातहातमा नभएको विषयलाई कार्यान्यवन कसरी गर्न सक्छ।’

मन्त्री त्रिपाठी पुन सम्बन्धित निकायसँग शुल्कको विषयमा मन्त्रालय छलफलको लागि तयार रहेको बताए।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय