आयुर्वेद चिकित्सकको परामर्श शुल्क पनि बढ्यो, अधिकतम ८२५

नेपाल आयुर्वेद चिकित्सक संघले आयुर्वेद चिकित्सक काउन्सिलमा दर्ता भएका चिकित्सकले लिने परामर्श शुल्क बृद्धि गरेर लागु गर्ने निर्णय गरेको छ ।

संघले विज्ञाप्तिमार्फत् स्नातक तह (बिएएमएस) तहको शैक्षिक योग्यता पूरा गरेर ५ वर्षभन्दा कम अनुभव भएकाले ३७० र सोभन्दा बढी अनुभव भएकाले ४५० रुपैँया लिने निर्णय गरेको छ ।

त्यसैगरी विशेषज्ञतर्फ ५ वर्षसम्म शैक्षिक योग्यता भएकाले ६६०, ५ वर्षदेखि १० वर्षसम्म कार्यअनुभव भएकाहरुले ७०० र १० वर्षभन्दा बढीको अनुभव भएका विशेषज्ञले ८२५ परामर्श शुल्क लिने निर्णय संघले गरेको छ ।

केही दिनअघि नेपाल चिकित्सक संघ र निजी अस्पतालका संचालकहरुको संस्था अपीनले शुल्क लागु गर्ने घोषणा गरेको थियो ।

तर यहीबीचमा स्वास्थ्य मन्त्रालयले त्यसलाई लागु नगर्न चेतावनी दिएपछि संघ संस्थाहरुले शुल्क लिने घोषणा गरिरहेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय