पतञ्जलीले फेरि ल्यायो कोरोनाको औषधि ‘कोरोनिल’

पतञ्जलीले कोरोनाको औषधि सार्वजनिक गरेको छ। योगगुरु रामदेव तथा केन्द्रीय स्वास्थ्य मन्त्री डा.हर्षवर्द्धन र मन्त्री नितिन गड्करीले संयुक्त रुपमा पतञ्जलीले विकास गरेको कोरोनाको औषधि कोरोनिल सार्वजनिक गरेका हुन्।

पतञ्जलीले कोरोनिल ट्याब्लेटले कोरोना ठीक पार्ने दाबी गरेको छ। उसले औषधि सर्टिफाइड भएको र भारतको आयुष मन्त्रालयबाट पनि स्वीकृत भएको बताएको छ।

कार्यक्रममा बोल्दै योगगुरु रामदेवले केहीले औषधि व्यापारका लागि बनाउने भएपनि आफूहरुले उपचार र उपकारको लागि बनाएको बताए। उनले यो औषधि गम्भीर अनुसन्धानपश्चात विकास गरिएको भन्दै यसका लागि २५ अनुसन्धान पेपर प्रकाशित गरिएको दाबी गरे। रामदेवले केही समयअघि नै यो औषधि बजारमा ल्याएपनि केही व्यक्तिका निहित स्वार्थकाकारण बिक्रीमा प्रतिबन्ध लगाइएको आरोप लगाए।

पतञ्जलीका आचार्य बालकृष्णले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) बाटसमेत यो औषधिले मान्यता पाइसकेको भन्दै हालसम्म बिक्रीका लागि १५४ देशबाट अनुमति पाएको बताए।

यो औषधि गत वर्षको २३ जुनमा नै सार्वजनिक गरिएको थियो। तर, पछि भारत सरकारले यसमा पर्याप्त अध्ययन र अनुसन्धान नभएको भन्दै बिक्रीमा प्रतिबन्ध लगाएको थियो।

One thought on “पतञ्जलीले फेरि ल्यायो कोरोनाको औषधि ‘कोरोनिल’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय