नेपाल आयुर्वेद चिकित्सक संघले भन्यो– डाक्टरको वृद्धि भएको परामर्श शुल्क लागू गरियोस्
नेपाल आयुर्वेद चिकित्सक संघले डाक्टरको वृद्धि भएको परामर्श शुल्क लागू गर्ने सम्बन्धित निकायलाई अनुरोध गरेको छ।
संघले शुक्रबार एक विज्ञप्ति जारी गर्दै आयुर्वेद संस्थामा बृद्धि भएको शुल्क आजैका मितिलाई लागू गर्न अनुरोध गरेको हो।
तर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छलफल नै नगरी तोकिएको शुल्क मान्य नहुँने बताउदैँ आएको छ।
संघले ४ माघमा स्वास्थ्य मन्त्रालय तथा स्वास्थ्यमा त्रियासिल ट्रेड युनियन तथा पेशागत संघ संगठनको संयुक्त संघर्ष समितिसँग भएको बैठकमा सो शुल्क ३० दिनभित्र लागू गर्ने जनाइएको थियो।
तर, सो शुल्क कार्यन्वयन नभएको भन्दै संघले जनाएको छ।
संघका अनुसार डाक्टरले परामर्श शुल्क ३ सय देखि ८ सय २५ सम्म लिन पाउनेछन्।
त्यसैगरी, निजि क्षेत्रबाट सञ्चालित स्वास्थ्य सेवा प्रदायक संस्थाहरूमा आयुर्वेद चिकित्सकको न्युतम पारिश्रमिक ४२ हजार कायम गर्ने संघले अनुरोध गरेको छ।