निजी संस्थामा कार्यरत स्वास्थ्यकर्मीको पारिश्रमिक परिमार्जन गरौं : मन्त्री त्रिपाठी

स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदेयश त्रिपाठीले डाक्टर, नर्स, स्वास्थ्यकर्मीको समय सापेक्ष न्युनतम पारिश्रमिक परिमार्जन गर्न तयार रहेको बताएका छन्।

स्वास्थ्य मन्त्रालयको पत्रकार सम्मलेनमा मन्त्री त्रिपाठीले स्वास्थ्यकर्मीको समय सापेक्ष पारिश्रमिक परिमार्जनका लागि सरोकारवालासँग छलफलको गर्न तयार रहेको बताए।

‘निजी स्वास्थ्य संस्थाहरूमा कार्यरत स्वास्थ्यकर्मीलाई तोकिएबमोजिम पारिश्रमिक नदिएको गुनासो मन्त्रालयमा आइरहेको छ,’ मन्त्री त्रिपाठीले भने, ‘न्यूतम पारिश्रमिक सुनिश्चित गर्नुस्, सो पारिश्रमिक बैंकमार्फत भुक्तानी गर्नुस्।’

नेपाल चिकित्सक संघ र अफिनले ओपिडी शुल्क बढाएपछि सो निर्याणमा आफु सहमत नभएको तर समय सापेक्षित पारिश्रमिक, अस्पतालहरुको सेवा शुल्क र परामर्श शुल्कको विषयमा सम्बन्धित निकायसँग छलफल गर्न तयार रहेको मन्त्री त्रिपाठीको भनाइ छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय