स्वास्थ्य मन्त्रालय भन्छ– डाक्टरको परामर्श शुल्क बढाउने निर्णय लागू हुँदैन

नेपाल चिकित्सक संघ र एसोसिएन अफ प्राइभेट हेल्थ इन्स्टच्युसन नेपाल (अफिन) ले डाक्टरको परामर्श शुल्क बढाएकोप्रति स्वास्थ्य मन्त्रालयले आपत्ति जनाएको छ।

मन्त्रालयले बिहीबार पत्रकार सम्मलेन गर्दै छलफल नै नगरी गरिएको निर्णय लागू नहुने जनाएको हो।

माघ ४ मा मन्त्रालयका प्रमुख विशेषज्ञको संयोजकत्वमा रहेको कमिटिसँग गरिएको सम्झौता कार्यान्वयन गर्न मन्त्रालयले थप निर्णय गनुपर्ने तथ्यलाई नबुझी गरिएको निर्णय लागू नहुने स्वास्थ्यमन्त्री हृदेयश त्रिपाठीले बताए।

‘मन्त्रालयबाट गठित परामर्श शुल्क सिफारिस समितिले सिफारिस गरेको शुल्क परिमार्जनलाई मन्त्रालयले निर्णय नगरिसकेको अवस्थामा मन्त्रालयसँग थप परामर्श नगरी शुल्क वृद्धि गर्ने अवस्था छैन,’ मन्त्री त्रिपाठीले भने, ‘यो शुल्क कुनै पनि अस्पतालमा लागू हुँदैन।’

त्यसैगरी, मन्त्रालयले निजी स्वास्थ्य संस्थाहरूमा कार्यरत चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीको न्यूनतम पारिश्रमिक, अस्पतालको सेवा शुल्क र परामर्श शुल्कसमेत सापेक्षित परिमार्जन गर्न सरोकालवालासँग छलफलको लागि तयार गरहेको मन्त्रालयले जनाएको छ।

बुधबारदेखि लागु हुने गरी बिरामी चेकजाँच गर्दा परामर्श शुल्क बृद्धि गरेको थियो। यसअनुसार चिकित्सकको परामर्श शुल्क ३७० देखि ८२५ पुगेको छ।

यसमा पनि अस्पतालले २० प्रतिशतसम्म थप शुल्क जोड्न सक्नेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय