बिपी प्रतिष्ठानको उपकुलपतिको कार्यकक्षमा डाक्टरको तालाबन्दी

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिको कार्यकक्षमा डाक्टरहरूले तालाबन्दी गरेका छन्। अस्पतालमा कार्यरत डाक्टरहरूले बिहीबार उपकुलपति प्रा. डा. ज्ञानेन्द्र गिरीको कार्यकक्षमा तालाबन्दी गरेका हुन्।

डाक्टरहरूले तीन वर्षदेखि रोकिएको बढुवा प्रक्रिया प्रतिष्ठान पदाधिकारीले अगाडि नबढाएको भन्दै तालाबन्दी गरेका हुन्।

चिकित्सकहरूले आवास मर्मतका लागि उठाएको रकम आवास मर्मतमा खर्च गर्नुपर्ने, फ्याकल्टीहरूलाई आवास उपलब्ध गराउन भवन निर्माणका लागि पहल गनुपर्ने, विभागीय प्रमुखहरूको रोटेशन मिलाउनु पर्ने, शिक्षकहरूलाई टिचर्स ट्रेनिङ र अनुसन्धनात्मक तालिम दिनलाउनु पर्ने माग अघि सारेका छन्।

यसैगरी प्रतिष्ठानबाट निस्केको क्लिनिकल फोहोरमैलाको वैज्ञानिक व्यबस्थापन हुनुपर्ने, सहज इन्टरनेटको व्यवस्था गर्नुपर्ने, प्रतिष्ठानभित्र विद्युत चोरी गर्नेलाई कारबाही गर्नुपर्ने, लगायत माग पनि चिकित्सकहरुले राखेका छन्। आफूहरूमा माग सुनुवाइ नभए आफ्दोलनलाई थप शसक्त बनाउने उनीहरूको चेतावनी छ।

उपकुलपति प्रा. डा. गिरी र शिक्षाध्यक्ष प्रा. डा. गुरु खनालसहित प्रतिष्ठानको कामका लागि काठमाडौं छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय