भारतसँग किन्न लागेको खोप २ साताभित्र नेपाल आउँछ : स्वास्थ्य मन्त्री

सरकारले भारतबाट खरिद गर्न लागेको खोप दुई साताभित्र नेपाल ल्याउने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बिहीबार आयोजित पत्रकारसम्मेलनमा मन्त्री हृदयेश त्रिपाठीले उक्त कुराको जानकारी दिएका हुन्।

‘खोप खरिदका लागि आवश्यक प्रक्रिया अगाडि बढिसकेको छ। अबको दुई साताभित्र खोप नेपाल आइपुग्ने छ’, उनले भने। उनले खोप खरिदका लागि भारतको सेरम इन्स्टिच्युटलाई अग्रिम रकम बुझाइएको जानकारी दिए। सरकारले सेरम इन्स्टिच्यूटले उत्पादन गरेको कोभिसिल्ड खोप २० लाख डोज खरिद गर्न लागेको हो।

खोप नेपाल आएपछि २३ गतेबाट दोस्रो चरणको खोप अभियान सुरु गरिने मन्त्री त्रिपाठीले जानकारी दिए। दोस्रो चरणमा ६० वर्ष माथिकालाई खोप दिइने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय