चिनियाँ कम्पनीको खोपले पनि पायो नेपालमा आकस्मिक प्रयोगको अनुमति

नेपालमा कोरोनाविरुद्धको चिनियाँ कोरोना खोपले आकस्मिक प्रयोग अनुमति पाएको छ। चिनियाँ कम्पनीको खोपलाई औषधि सल्लाहकार समितिको सिफारिसको आधारमा विभागले बुधबार आकस्मिक प्रयोगका लागि अनुमति दिएको जनाएको छ।

औषधि व्यवस्था विभागले सिनोफार्म अन्तरगतको बेइजिङ इन्स्टिच्युट अफ बायोलोजिकल प्रडक्ट कम्पनी लिमिटेडले उत्पादन गरेको खोप ‘सार्स-कोभ-२ भ्याक्सिन (भेरो सेल)लाई आकस्मिक प्रयोग अनुमति दिएको हो।

यसअघि विभागले अक्सफोर्ड एस्ट्राजेनिका र सेरम इस्न्टिच्यूट अफ इन्डियाले उत्पादन गरेको कोभिसिल्ड खोपलाई आकस्मिक प्रयोगको अनुमति दिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय