महोत्तरीको मटिहानी पुगेर स्वास्थ्य जाँच गर्दै डा. गोविन्द केसी

महोत्तरीको स्वास्थ्य चौकी मटिहानी पुगेर डा. गोविन्द केसीले सर्वसाधारणको स्वास्थ्य जाँच सुरु गरेका छन्। उनले बुधबारदेखि हाड जोर्नी सम्बन्धी रोगहरूको स्वास्थ्य जाँच सुरु गरेका हुन्।

जोर्नी रोगबाट ग्रसित दीर्घ रोगीलाई नि:शुल्क उपचार सुरु गरिएको उनका सहयोगी स्वास्थ्यकर्मी गिरेन्द्र झाले बताए। उनलाई मटिहानीमा मटिहानी नगरपालिका प्रमुख हरि प्रसाद मण्डलसहित स्थानीयले स्वागत गरेका थिए।

ग्रामीण जनतालाई स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यले आफू मटिहानी आएको डा. केसीले बताए। उनले बुधबार ८० जनाको स्वास्थ्य जाँच गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय