नास्तामा यसरी बनाउँनुस् मेथी पराठा

हेल्थपोस्ट नेपाल

चिसो मौसममा मेथी पराठा निकै खाइन्छ। यो स्वादिष्ट मात्र नभएर स्वस्थवर्धक पनि हुन्छ। हामीले पकाउन जान्यौं भने खाजाको रूपमा यसलाई मिठोसँग ग्रहण गर्नसकिन्छ।

मेथी पराठा बनाउन मेथीका पात, बेसन, गहुँको पिठो, हरियो खुर्सानी र अन्य केही उपयोगी सामग्री आवश्यक पर्छ। यो पराठालाई सहजै बनाउन सकिन्छ। यो स्वास्थ्यवर्धक हुने भएकाले बच्चाको टिफिनको रूपमा पनि प्याक गर्न सकिन्छ।

मुख्य सामग्री

– एक कप गहुँको पिठो
– एक कप काटिएको मेथी
– ३/४ कप दही
– १ काटिएको लसुन
– एक सानो चम्चा चिनी
– १ सानो चम्चा ज्वानो
– १ सानो चम्चा कालो तिल
– १ ठूलो चम्चा सुर्यमुखीको तेल
– आवश्यकता अनुसार बेसार
– २ चम्चा खुर्सानीको पाउडर
– आवश्यकता अनुसार नुन

कसरी पकाउने

• एउटा भाडामा गहुँको पिठो राख्ने र त्यसमा काटिएको मेथिलाई राम्रोसँग मिलाउने। त्यसमा ज्वानो, तिल, लसुन पेस्ट, बेसार र रातो खुर्सानीको धुलो राख्ने। र, सबैलाई राम्रोसँग मिलाउने।

• उक्त मिश्रणमा चिनी, नुन र दही राखेर मिलाउने। त्यसमा थोरै तेल पनि राख्ने। आवश्यकता अनुसार अलिअलि पानी हाल्दै मुछ्दै गर्ने।

• अब आवश्यकता अनुसार सानासाना टुक्रा बनाएर पराठाको आकारमा बेल्ने।

• तावामा पराठालाई दुबैतर्फ मजासँग पकाउने। त्यसपछि पराठा खान तयार हुन्छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *