कोरोनाबाट मृत्यु हुनेको तथ्याङ्क नराख्ने अस्पताललाई कारबाही हुन्छ : मन्त्रालय

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाका कारण मृत्यु भएकाहरूको अस्पतालहरूले समयमै तथ्यांक राख्ने र रिर्पोटिङ नगरेको जनाएको छ।

मन्त्रालयले कोरोनाबाट मृत्यु हुनेहरूको तथ्यांक नराख्ने अस्पताललाई सचेत गराउने निर्णय गरेको छ।

मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टम (आइसिएस)ले कोरोना संक्रमित मृतकको रिर्पोटिङ नगर्ने अस्पतालहरुलाई सचेत गराउने गर्ने निर्णय गरेको हो।

कोरोनाको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अस्पतालहरूले समयमै तथ्यांक नराख्ने र रिपोटिङ नगर्ने गरेको पाइएको बताउँदै संक्रामक रोग ऐनको दफा ३ बमोजिम कारबाही गर्ने सम्बन्धमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको विश्लेषण हेरी सचेत गराउने निर्णय भएको जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय