फागुन २३ गतेदेखि जेष्ठ नागरिकलाई कोरोना खोप दिइने
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी फागुन २३ गतेदेखि दोस्रो चरणको कोभिड खोप अभियान सञ्चालन गर्ने भएको छ।
फागुन २३ देखि ६० वर्षमाथिका नागरिकलाई खोप लगाउने निर्णय भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।
स्वास्थ्य मन्त्रालयमा बुधबार बसेको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले २३ फागुनदेखि ६० वर्षमाथिका नागरिकलाई कोभिडविरुद्दको खोप लगाउने निर्णय गरेको हो।
नेपालमा माघ १४ गतेदेखि कोभिड विरुद्धको खोप अभियान सञ्चालन भएको थियो।
पहिलो चरणको पहिलो प्राथमिकतामा फ्रन्टलाइर्नस स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स, शबबाहन चालक, कारागारका कर्मचारी, कैदी, सफाईकर्मीलाई खोप लगाइएको थियो।
‘फागुन २३ गतेबाट ६० बर्षभन्दा माथिका नागरिकलाई खोप लगाउने निर्णय भएको छ,’ डा. गौतमले भने, ‘ तोकिएको स्थानमा गएर खोप लगाइदिनु होला।’
पहिलो दोस्रो प्राथमिकतामा पत्रकार, राजदुतावासका कर्मचारीहरु र यूएन एजेन्सीमा कार्यरत कर्मचारीलाई खोप लगाइएको थियो।
अहिले सोही चरणमा सरकारी कार्यालयका कर्मचारीहरु र स्थानीय तहका जनप्रतिनिधिलाई खोप लगाइदैँ छ। यो चरणको खोप अभियान फागुन ८ गतेसम्म चल्ने बताइएको छ।
मंगलबार साँझसम्मको तथ्यांक अनुसार हालसम्म २ लाख ६३ हजार ४८ जनाले कोभिड खोप लगाइसकेका छन्।
What about 59 year people ?