समायोजनका लागि आवश्यक सम्पूर्ण कागजात पठाउनु – स्वास्थ्य मन्त्रालय

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समायोजन नभएका, भएका र मिलान गर्न चाहने कर्मचारीसँग पुरा कागजात माग गरेको छ।

मन्त्रालयले केही समय अगाडी विज्ञप्ती जारी गर्दै अनलाइन आवेदन माग गरेको थियो।

तर, अधिंकास निवेदन र सहमति पत्र तोकिएको बमोजिम नआएको भन्दै मन्त्रालयले पुन कागजात पठाउन आग्रह गरेको छ।

इच्छुक कर्मचारीले फागुन १ देखि १६ गतेसम्म समायोजन र मिलानका लागि निवदेन पठाउन सकिने छ।

तोकिएको ढाँचामा निवेदन र सहमति पत्र सहित अन्य आवश्यक कागजात प्राप्त नभएका निवेदन कारवाही प्रक्रियामा नजाने मन्त्रालयले जनाएको छ।

मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट जारी भएको ‘कर्मचारी समायोजनरमिलान सम्बन्धी मापदण्ड, २०७७’ मा व्यवस्था भएअनुसार समायोजन तथा मिलान गरिने पनि जनाएको छ।

मापदण्ड अनुसार अब प्रदेश र स्थानीय तहको सहमति अनुसार कर्मचारीहरु एक प्रदेशबाट अर्को प्रदेश, प्रदेशबाट स्थानीय तह र एक स्थानीय तहबाट अर्को स्थानीयत तहमा समायोजन तथा मिलान गर्न सकिने व्यवस्था छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय