मेडिकल अफिसरको न्युनतम तलब ४२ हजार
निजी अस्पतालमा काम गर्ने मेडिकल अफिसरको न्युनतम तलब तोकिएको छ। नेपाल चिकित्सक संघ र एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टच्युसन नेपाल (अफिन)को बुधबार बसेको बैठकले मेडिकल अफिसरको न्युनतम तलब ४२ हजार तोकेको हो।
यसअघि निजी अस्पतालमा कार्यरत अफिसरको तलब नतोकिँदा अस्पतालहरूले आफू खुशी दिँदै आएका थिए
संघ र अफिनले सरकारी सेवामा रहेका मेडिकल अफिसरको सरहक निजी अस्पतालमा काम गर्ने अफिसरहरूको तलब तोकिएको संघका अध्यक्ष डा. लोचन कार्कीले जानकारी दिए।
उक्त निर्णय कार्यान्वयनका लागि निजी अस्पतालमा पत्राचार गर्ने तयारी गरिएको कार्कीले बताए।
Health assistant salary in private hospitals should be improved