भारतीय कम्पनीबाट २० लाख डोज खोप खरिद गर्ने सरकारको निर्णय
सरकारले भारतीय कम्पनीबाट २० लाख डोज कोरोनाविरुद्धको खोप खरिद गर्ने निर्णय गरेको हो ।
सरकारले भारतको कोरोना भाइरसविरुद्धको खोप उत्पादक कम्पनीको सर्त अनुसार नै अग्रिम भुक्तानी गरेर कोभिसिल्ड खोप खरिद गर्ने निर्णय गरेको हो।
मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले २० लाख डोज खोप खरिदका लागि भारतको सेरम इन्स्टिच्युट कम्पनीलाई अग्रिम भुक्तानी दिने निर्णय गरेको बताइएको छ। अक्सफोर्ड–एस्ट्राजेनेकाको कोरोनाविरुद्धको भ्याक्सिन उत्पादन गरिरहेको सेरम इन्स्टिच्युट कम्पनीले खोपको रकम सुरुमै भुक्तानी गर्नुपर्ने सर्त राखेको थियो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खरिद ऐन र नियमावली अनुसार अग्रिम भुक्तानी गर्न नसक्ने भएपछि बाधा अड्काउ फुकाउन मन्त्रिपरिषदमा प्रस्ताव गरेको थियो । मन्त्रालयको यो प्रस्तावलाई पास गर्दै मन्त्रिपरिषदले खोप खरिदका लागि अग्रिम रकम भुक्तानीको बाटो खुला गरेको हो।