दुर्गममा काम गरेको भन्दै झुटो विवरण भर्ने ३६ डाक्टर यी हुन

दुर्गममा काम गरेको भन्दै गतल विवरण पेसी गर्ने ३६ जना परीक्षार्थीलाई मेरिट सूचीबाट चिकित्सा शिक्षा आयोगले हटाएको छ।

एमडी एमएस र एमडीएस तर्फ शैक्षिक सत्र २०७६र७७ लागि लागि लिएको एकीकृत प्रवेश परीक्षामा खुल्ला सिट तर्फबाट आवेदन दिई उत्तीर्ण भएका ३६ जनालाई योग्यता क्रमको सूचीबाट हटाएको हो।

दुर्गम क्षेत्रमा कार्य गरेवापत पाउने अंकमा झूटो विवरण पेश गरी अंक प्राप्त गरेको देखिएको आयोगको ठहर छ।

यसरी योग्यताक्रमको सूची बाट हटाइएका विद्यार्थीको संख्या एमडी एमएस तर्फ ३३ जना रहेका छन् भने एमडीएस तर्फका ३ जना छन्।

यसअघि आयोगले सरकारी तर्फका १३ जना विद्यार्थीलाई गलत विवरण पेस गरेको भन्दै मेडिट सुचीबाट हटाएको थियो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय