डायलाइसिसमा रहेकाहरूको पहरेज!

मिर्गौला हाम्रो शरीरको अभिन्न अंग मध्ये एक हो। स्वस्थ जीवनका लागि स्वस्थ मिर्गौला निकै आवश्यक छ। मिर्गौला स्वस्थ राख्न हामीले स्वस्थ र सन्तुलित जीवनशैली अपनाउनुपर्ने हुन्छ।

हाम्रो मिर्गौला दुई प्रकारले ‘ड्यामेज’ हुनेगर्छ। एउटा दीर्घ रोगले मिर्गौला फेस हुने हो। त्यसलाई क्रोनिक किड्नी डिजिज भनिन्छ। दीर्घ रोग भनेको प्रेसर, मधुमेह, कुनै वंशाणुगत रोग आदिका कारणले मिर्गौला ड्यामेज हुनसक्छ।

मिर्गौला फेल हुँदै गयो भने एउटा स्टेजमा पुगिसकेपछि काम गर्न छोड्छ। मिर्गौलाले ७० प्रतिशतभन्दा कम काम गर्न थाल्यो भने शरीरमा समस्याहरू देखापर्छन्। त्यसमा पनि ८५ देखि ९० प्रतिशत फेल भएमा डायलाइसिस गर्नुपर्ने हुन्छ।

अर्को एक्युट फेज भनिन्छ। त्यो भनेको कुनै–कुनै समयमा एक्कासी मिर्गौला बिग्रीनसक्छ। त्यतिबेला पनि डायलाइसिस गर्नुपर्ने हुन्छ। दीर्घ मिर्गौला रोग भए नियमति डायलाइसिस गर्नुपर्ने हुन्छ। एक्युटमा चाहि एक/दुई सेसन दिएपछि हामीलाई डायलाइसिस गर्नुपर्ने नहुनसक्छ। यस्तो अवस्थामा मिर्गौलाको काम गर्ने क्षमता फर्किसकेपछि डायलाइसिस गर्नुपर्दैन।

दीर्घ रोगीमा मिर्गौलाले काम गर्न छोडिसकेपछि नियमित डायलाइसिस गर्नुपर्ने हुन्छ। उनीहरूमा डायलाइसिस मेसिनले सपोटेड किड्नीको काम गर्ने हो। मिर्गौलाको काम भनेको शरीरको सफा गर्ने हो। ढल निकास गर्ने जस्तै हो। हाम्रो शरीरलाई त नियमित सफा गर्नुपर्ने हुन्छ। मिर्गौला फेल भइसकेपछि शरीरलाई सफा गर्न सक्दैन।

डायलाइसिस गर्दा एउटा नसाबाट खुन तालिन्छ। त्यसलाई तानेर सफा गरेर फेरी शरीरमा त्यही खुन पठाउने हो। डायलाइसिस गर्नुपर्ने बिरामीले लामो समयसम्म डायलाइसिस गर्नुभएन भने खाना नरुच्ने, शरीर सुन्निने, पिसाव बन्द हुने हुन्छ। पिसाव बन्द भयो भने भित्रभित्र पानी जम्छ।

फोक्सोमा पानी जम्छ। स्वास फेर्न गाह्रो हुन्छ। शरीरमा युरियाको मात्रा बढेर ब्रेन, मुटु गरी शरीरका हरेक अंगमा क्षति पुग्छ। र, विस्तारै बिरामीको ज्यान जान्छ।

डायलाइसिस गरिरहेका मानिसले खानपिनमा विशेष ध्यान दिनुपर्छ। सन्तुलित जीवनशैली अपनाउनुपर्ने हुन्छ। मिर्गौला रोगीले मात्र नभएर सबै दीर्घ रोगीले सन्तुलित जीवन जीउनुपर्छ। कुनै रोग लाग्न नदिनका लागि स्वस्थ मानिसले पनि सन्तुलित जीवन बाच्नुपर्ने हुन्छ।

खानपिनमा ध्यान दिनुपर्छ। खान नमिल्ने चिज खानु हुँदैन। पोटासिएम भएको खानेकुरा कम खाने। फसफोरस युक्त खानेकुरा कम खाने। धुमपान नगर्ने। मध्यपान नगर्ने। खैनी खानु हुँदैन। एकदम धेरै होइन अलिअलि एक्सरसाइज गर्नुपर्छ। थोरै–थोरै हिड्डुल गर्नुपर्छ।

के कारणले मिर्गौला फेल भएको छ भन्ने महत्वपूर्ण पक्ष हुन्छ। चिनि रोगले मिर्गौला फेल भएको भए चिनि रोगलाई नियन्त्रण गर्ने औषधीको चिकित्सकको सल्लाह बमोजिम औषधी सेवन गर्ने। हाइप्रेसर भए सोही अनुसारको औषधी सेवन गरेर कन्ट्रोल गर्ने गर्नुपर्छ। नियमित डायलाइसिस गर्नुपर्छ।

डायलाइसिस गर्नेहरूको कुनै एउटा स्टेजमा गएर पिसाव नै बन्द हुनसक्छ। मिर्गौलाले काम गर्न नसकेपछि यस्तो हुने हो। त्यसैले डायलाइसिस गरिरहेकाहरूले पानी एकदमै कम पिउनुपर्छ। धेरै पानी पिउँदा पिसाव फेर्न सकिएन भने शरीरमा, फोक्सोमा पानी जम्मा हुनसक्ने जोखिम हुन्छ।

नेपालमा मिर्गौलाको सुरक्षा सम्बन्धी जनचेतना त्यसै पनि कम छ। यस्तो बेला हामीले निकै ध्यान दिनुपर्ने हुन्छ। पछिल्लो समय जनचेतना विस्तारै बढ्दै छ। त्यसको प्रतिफल मिर्गौला रोगीको पहिचानदर पनि बढ्दो छ। तर, यो प्रयाप्त होइन। सरकारले स्वास्थ्य विमा ल्याएको छ। त्यसले स्वास्थ्य जाँच गर्ने बिरामीको संख्या बढ्दो छ। जसले गर्दा विभिन्न रोग पत्ता लागिरहेका छन्।

सरकारले स्वास्थ्य बिमा लागु गरेसँगै होलबडि चेक गर्नेको संख्या बढ्दो छ। जसले चिनी रोगीको पहिचान बढ्दो छ। पत्ता लाग्ने वित्तिकै डायलाइसिस चाहिने होइन। डायलाइसिस गर्ने रोगी एकदम गम्भीर भएर नै आउँछन्। त्यसैले विशेष ध्यान दिनुपर्ने हुन्छ।

हाम्रो फेरिदो जीवनशैलीले प्रेसर, डाइबेटिज भइरहेको छ। अन्तिममा तिनिहरूले हान्ने भनेको हाम्रो मिर्गौलालाई नै हो। त्यसैले हामीले खानपिन र जीवनशैलीमा नै ध्यान दिएर जोगिने हो।

सुरुवाति चरणमा मिर्गौला रोगको लक्षण भनेको वाकवाकी लाग्ने, खान रुची नहुने, पिसाव पोल्ने, पिसावको गड्बडि हुने, पिसाव कम हुने, शरीरमा एकदमै कमजोरी महसुस हुने, रिगटा लाग्ने, शरीर सुन्निने, खुट्टा सुन्निने आदि हुन्। यस्ता लक्षण देखिने वित्तिकै स्वास्थ्य जाँच गरिहाल्नुपर्छ। कुनै लक्षण देखिँदा सामान्य रुपमा लिनु हुँदैन।

राई विराट मेडिकल कलेज तथा शिक्षण अस्पतालका मिर्गौला रोग विशेषज्ञ हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय