देशभर १०५ कोरोना संक्रमित थपिए

पछिल्लो २४ घन्टामा देशभर १ सय ५ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ३ सय ६० जनाको पिसिआर परीक्षण गरिएकोमा उक्त संख्यामा कोरोना पुष्टि भएको हो।

२४ घन्टामा ९९ जना कोरोनामुक्त भएका छन्। आजसम्म देशभर कूल संक्रमित संख्या २ लाख ७२ हजार ९ सय ४५ पुगेको छ।

जसमध्ये २ लाख ६९ हजार संक्रमित निको भएका छन्। हाल देशभर १ हजार ५ सय ८७ सक्रिय संक्रमित छन्।

आज संक्रमणबाट कसैले ज्यान गुमाएनन्। हालसम्म २ हजार ५५ जनाले ज्यान गुमाइसकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय