मनकारी उपमेयर : आफूलाई मोटर किन्न छुट्याइएको पैसाले एम्बुलेन्स किनिन्

उदयपुरको कटारी नगरपालिकाकी उपप्रमुख भिमकुमारी राउतले आफूलाई नयाँ गाडी किन्न छुट्याइएको पैसाले एम्बुलेन्स खरिद गरेकी छन्। उनले आफू गाडि खरिद नगरि एम्बुलेन्स किनेर कटारी अस्पताललाई हस्तान्तरण गरेकी हुन्।

जनताको करबाट आफूले सेवा सुविधा लिन्न भन्दै उनले एम्बुलेन्स खरिद गरेकी हुन्। आफू जनताको सेवा गर्न जनप्रतिनिधि बनेको बताउँदै उनले जनताका हर सुखदु:खमा आफूले साथ दिने बताइन्। उनले सोमबार कटारी अस्पतालमा आयोजित एक कार्यक्रमका बीच एम्बुलेन्स हस्तान्तरण गरेकी हुन्।

उनले गरीब तथा विप्पन परिवारका सुत्केरी र गर्भवतीलाई विशेष गरी नि:शुल्क सेवा दिने उदेश्यले अस्पतललाई एम्बुलेन्स हस्तान्तर गरिएको बताइन्।

कटारी नगर कार्यपालिकाले अघिल्लो आर्थिक वर्षमा नगरसभामार्फत उपप्रमुखको सवारी खरिदका लागि ४० लाख विनियोजन गरेको थियो। उपप्रमुख राउतले ४० लाखमा १२ लाखमा एम्बुलेन्स खरिद गरेर अस्पताललाई बुझाएकी हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय