भक्तपुरका पत्रकारलाई भक्तपुर अस्पतालमा कोरोना खोप सेवा

भक्तपुरमा कार्यरत पत्रकारका लागि जिल्लाभित्रै कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराइएको छ। दुधपाटीस्थित भक्तपुर अस्पतालमा जिल्लामा कार्यरत पत्रकारका लागि खोप सेवा सुरु भएको हो।

नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकीले भक्तपुरका पत्रकारले भक्तपुर अस्पतालमा खोप लगाउन सक्ने बताए।

खोप लगाउन छुटेका इच्छुक पत्रकारलाई भक्तपुर अस्पतालले उक्त सेवा उपलब्ध गराउने उनको भनाइ छ। ‘सरकारले यसअघि काठमाडौंको मीनभवन स्थित सिभिल अस्पतालमा उपत्यकाभित्रका पत्रकारलाई खोप सेवा दिएको भए पनि विविध कारणबस कतिपय पत्रकार खोप लगाउनबाट वन्चित थिए,’ उनले भने। त्यसैलाई मध्यनजर गरेर आफ्नै नजिकको भक्तपुर अस्पतालमा सेवा उपलब्ध गराएको उनले बताए।

अस्पतालकी मेडिकल सुपरिटेण्डेण्ट डा सुमित्रा गौतमका अनुसार पत्रकारहरुले आफू पत्रकार भएको परिचय खुल्ने सूचना विभागद्वारा जारी परिचय पत्र अथवा नेपाल पत्रकार महासंघको सिफारिस पत्रका आधारमा खोप लगाउन पाउनेछन्। उक्त खोप निःशुल्क सरकारले उपलब्ध गराएको हो ।

मेसु डा गौतमका अनुसार सोमवारमात्र भक्तपुर अस्पतालमा ७५ जनाले खोप लगाएका छन्। खोप पूर्ण सुरक्षित रहेकाले निर्धक्क खोप लगाई सुरक्षित रहन उनले आग्रहसमेत गरेकी छन्। मेसु डा गौतमले आफूले पहिलो खोप लगाई खोप कार्यक्रमको सुरुवात गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय