काठमाडौं महानगरवासिको नि:शुल्क मिर्गौला जाँच हुने

काठमाडौं महानगरपालिका भित्र बसोबास गर्ने सबैको नि:शुल्क मिर्गौला परीक्षण हुने भएको छ। काठमाडौं महानगरपालिका र मिर्गौला बचाऔं अभियानको संयुक्त आयोजनामा महानगरपालिकाका ३२ वटै वडामा अभियान लागु हुनलागेको हो।

महानगरपालिकाको जनस्वास्थ्य विभागका अनुसार यो कार्यक्रम बुधबारदेखि आगामी ६ महिनासम्म चल्नेछ। स्वस्थ मिर्गौला स्वस्थ काठमाडौं कार्यक्रमअन्तरगर्त यो अभियान अघि बढाइएको महानगरले जनाएको छ।

अभियानअन्तरगर्त महानगरपालिका भित्रका वडामा बसोबास गर्ने व्यक्तिले महानगरपालिकाले सञ्चालन गरेको वडास्थित सामुदायिक सहरी स्वास्थ्य क्लिनिकमा गई पिसावको प्रारम्भिक परीक्षण गराउन सक्नेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय