खोपको प्राथमिकतामा राख्न औषधि व्यवसायी संघको माग

हेल्थपोस्ट नेपाल

नेपाल औषधि व्यवसायी संघले आफूहरूलाई कोरोना खोपको प्राथमिकतामा राख्न माग गरेको छ।

संघले स्वास्थ्य मन्त्री र स्वास्थ्य सचिवलाई भेटेर विज्ञप्ति बुझाउँदै आफूहरूलाई खोपको प्राथमिकतामा राख्न माग गरेको हो। आफूहरूको माग सुनुवाइ नभएको संघको गुनासो छ।

संघले कोरोना महामारीमा लकडाउनको समयमा औषधि अभाव हुन नदिन व्यवसाय सञ्चालन गरि राज्यलाई सहयोग पु-याएको जनाएको छ। आफुहरूलाई चाडो खोपउपलब्ध गराउनुपर्ने उनीहरूको माग छ।

संघका अनुसार हाल २१ हजारभन्दा बढी व्यवसायी औषधि व्यवस्था विभागमा दर्ता छन्।



Leave a Reply

Your email address will not be published.