भरतपुर अस्पतालको मेसुमा डा. वासुदेव पाण्डे
सरकारले चितवनस्थित भरतपुर अस्पतालको मेडिकल सुपरिटेण्डेन्ट (मेसु) को जिम्मेवारी डा. वासुदेव पाण्डेलाई दिइएको छ।
आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले मन्त्रिस्तरीय बैठक गर्दै भरतपुर अस्पतालको मेसुमा डा. पाण्डेलाई पठाउने निर्णय गरेको हुन्।
उनी यसभन्दा अगाडी इपिडिमियोलोजी तथा नियन्त्रणको महाशाखाको प्रमुखको कार्यभार समालेका थिए। डा. पाण्डेलाई एक महिना अगाडी मन्त्रालयले सरूवा गरी फाजिलमा राखेको थियो।
उनले आज नयाँ जिम्मेवारीको पत्र पाएको दुई दिनभित्रमा कार्यभार समाल्ने बताए।
‘नयाँ जिम्मेवारीको पत्र हात परेको छ,’ डा. पाण्डेले हेल्थपोस्टको कुराकानीमा भने, ‘एक दुई भित्रमा नयाँ जिम्मेवारी समाल्छु।’
भरतपुरमा एक बर्षभित्रमा चार मेसु परिर्वतन भइसकेका छन्।
डा. पाण्डे वैशाखमा सरकारी सेवाबाट अवकास हुँदैछन्।