स्वास्थ्य राज्यमन्त्रीको गुनासो- कोरोना नियन्त्रणमा सरकारको काम पत्रकारले देखेनन्

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले सरकारले कोरोना नियन्त्रणमा गरेको कामलाई पत्रकारले नकारात्मक रूपमा मात्रै सम्प्रेषण गर्ने गरेको आरोप लगाएका छन्।

सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री रावतले स्वस्थ्य पत्रकारले सरकारको कामलाई नकारात्मक हिसाबले मात्रै लेख्ने गरेको बताए।

‘सरकारले गरिरहेका कामलाई सकारात्मक ढंगले लेख्नुहोस्,’ मन्त्री रावतले भने,  ‘केही काम गर्न खोज्यो। नकारात्मक समाचार लेख्न पत्रकार अगाडी सरिरहेका हुन्छन्।’

मन्त्री रावतले सरकारले कोरोना नियन्त्रणमा उत्कृष्ट काम गरेर देखाएको दाबी गरे।

‘म मन्त्री भएर आउँदा कोरोना परीक्षण गर्ने एउटा पनि ल्याब थिएन,’ उनले भने,  ‘अहिले ८२ भन्दा बढी ल्याबाट पिसिआर परीक्षण भइरहेको छ।’

सरकारले गरेको कामलाई आलोचना गर्नेको खाँचो नभएको उनले बताए।

‘सरकारको कामलाई आलोचना गर्नेको कमी छैन,’ मन्त्री रावतले भने, ‘अन्य विकसित मूलकभन्दा हामी चाडो कोरोना खोप ल्याउन सफल भएका छौं।’

‘सरकार अब २ करोड १६ लाख नागरिकलाई खोप दिने तयारीमा छ,’ उनले भने, ‘खोप खरिदको बजेट अभाव हुन दिँदैनौं।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय