नेपालमा कोरोना खोपको दोस्रो डोज दुई महिनापछि लगाइने
कोरोना विरुद्धको पहिलो खोप लगाएको ८ देखि १२ हप्तापछि दोस्रो डोज लगाउँदा थप प्रभावकारीता हुने देखिएको छ।
पहिलो खोप लगाएको ३ महिनापछि दोस्रो डोज लगाएको खण्ड खोपको प्रभावकारी बढेर जाने अध्ययनले देखाएको छ।
खोप प्रभावकारीता बढ्दै जादै हुनाले खोप विज्ञ सल्लहकार समितिले सरकारलाई सिफारिस पठाएको छ।
यसअघि सरकारले दोस्रो खोप मात्रा ४ हप्तापछि लगाउने निर्णय गरेको थियो।
कोरोनाको खोप ढिला लगाउँदा थप प्रभावकारीता देखिएकोले सो सिफारिस गरिएको खोप सल्लाहार समितिका संयोजक डा. श्याम राज उप्रेतीले बताए।
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) फेबरुअरी १० मा दोस्रो खोप जति लामो समयावधिमा लगायो त्यति बढी प्रभावकारी हुने जनाएको छ।
‘हामीले दोस्रो मात्राको खोप ८ देखि १२ हप्ताभित्र लगाउनको लागि सरकारलाई सिफारिस गरेका छौं,’ डा. उप्रेतीले भने, ‘यसको विषयमा सरकारले चाडैं निर्णय गर्ला।’
पछिल्लो अध्ययनले कोरोना खोपको दोस्रो डोज १२ हप्तापछि लगाउँदा रोग सँग लड्ने क्षमता बढेर जाने देखिएको डा. अनुप बाँस्तोलाले बताए।
सरकारले कोरोना खोपको अभियान माघ १४ गतेबाट सुरू गरेको थियो।
पहिलो खोप लगाएको २८ दिनपछि दोस्रो डोज लगाउने सरकारको पहिलाको तयारी थियो।
तर, दोस्रो डोज ३ महिनापटि लगाउँदा रोग सँग लड्ने क्षमता झनै विस्तार हुने भएकाले विज्ञहरूले ढिला लगाउनको लागि आग्रह गरेका छन्।
आइतबार सरकारले पहिलो चरणको दोस्रो प्राथमिकतामा परेकालागि खोप लगाइरहेको छ। यो अभियानमा करिब ३ लाख मानिसलाई खोप दिइने स्वास्थ्य मन्त्रालयले जनाएको छ।