बिरामी जाँच्ने नक्कली डाक्टर समातिए

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले नेपाल मेडिकल काउन्सिलबाट चिकित्सकहरुले पाउने स्थायी दर्ता प्रमाणपत्रको लागि पेश गर्नुपर्ने निवेदनमा हस्ताक्षर गर्ने एकजना नक्कली डाक्टरलाई पक्राउ गरेको छ।

नक्कली डाक्टर बनेर बिरामी जाँचेको आरोपमा अर्घाखाँचीको मालारानी गाउँपालिका–८ घर भई काठमाडौं बस्ने ३६ वर्षीय जितेन्द्र पन्थी पक्राउ परेका ब्युरोका पहरी नायब महानिरीक्षक सहकुल थापाले जानकारी दिए।

नेपाल मेडिकल काउन्सिलबाट डाक्टर स्थायी दर्ता प्रमाणपत्र लिँदा काउन्सिलमा दर्ता भएका चिकित्कसले दस्तखत गरी सिफारिस लिनुपर्ने प्रक्रिया छ। पक्राउ परेका पन्थीले डा जितेन्द्र शर्मा (एनएमसी दर्ता नम्बर २३६४) लेखी डा. कृष्ण रिजालको आवेदन फारममा दस्तखत गरेर प्रमाणित गरेका थिए।

रिजालले भरेको फर्मको अनुसन्धान गर्ने क्रममा आफूलाई डाक्टर जितेन्द्र शर्मा भन्ने पन्थीले काउन्सिलबाट लाइसेन्स प्राप्त नै नगरी सहीछाप गरी लिखतसम्बन्धी कसुर गरेको खुल्न आएको थापाले बताए।

‘पछि अनुसन्धानको क्रममा डाक्टरको लाइसेन्स नै नभएका जितेन्द्र पन्थीले जितेन्द्र शर्माको नाममा कृष्णको लाइसेन्सका लागि सिफारिस गरेको पाइएको हो,’ थापाले भने, ‘पक्राउ गरिएका जितेन्द्रलाई लिखतसम्बन्धी कसुरमा ब्याद थप गरी अनुसन्धान सुरु भएको छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय