मैले काम गर्न खोज्थेँ, ओलीले हात बाँधिदिन्थे : पूर्वमन्त्री उपेन्द्र यादव

समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व स्वास्थय मन्त्री उपेन्द्र यादवले आफू स्वास्थ्य मन्त्री हुँदा प्रधानमन्त्री केपी शर्मा ओलीले काम नै गर्न नदिएको आरोप लगाएका छन्।

सरकार गठनको तीन वर्ष पुगेको अवसरमा समिक्षा गर्दै हेल्थपोस्टसँगको कुराकानीमा उनले प्रधानमन्त्रीकै कारण आफ्नो कार्यकालमा देखिने गरी काम गर्न नसकेको आरोप लगाए। ‘म काम गर्न चाहन्थे। तर, प्रधानमन्त्री कहिले सचिव फेरेर त कहिले रकम नै निकासा नगरेर मेरा हात बाध्ने काम गर्नुहुन्थ्यो’, उनले भने।

उनले प्रधानमन्त्रीमा मन्त्रीसँग सल्लाह नै नगर्ने परिपाटी रहेको आरोप लगाए।

‘उहाँमा एउटा कर्मचारीले कानमा जे फुक्यो त्यही गर्ने बानी छ। उहाँमा दुर्दर्सिताको अभाव भयो। उहाँले स्वास्थ्यलाई कहिले महत्व दिनुभएन’, उनले भने।

उनले आफू मन्त्री रहदा नीति निर्माण हुँदा पनि कार्यान्वयन हुने अवस्था नबने गुनासो गरे।

प्रधानमन्त्री ओलीले मुलुकमा सुशासन समाप्त गरेको नेता यादवको आरोप छ। ‘देशमा सुशासन होइन कुशासन छ। अराजकता मौलाएको छ। भ्रष्टाचार र लुट तन्त्र मौलाएको छ। यो राज्य कसले चलाएको छ त्यही खोज्ने बेला आएको छ’, उनले भने।

देश चलाउने साँचो कोसँग छ भन्दै खोज्नुपर्ने बेला आउनु देशका लागि ठूलो दुभाग्य भएको उनले बताए। सचिव फेरिदिने बजोट रोकिदिने प्रवृतिले आफूले योजना अनुरुप काम गर्न नसकेको उनले बताए। उनले आफूले तयार गरेको योजना कार्यान्वयन गरेको भए अहिलेको अवस्था नै नआउने दाबी गरे।

नेपालमा कृषि, स्वास्थय र शिक्षा नै मुल आधार भए पनि सरकारले त्यो बुझ्न नसकेको उनको गुनासो छ। ‘प्रधानमन्त्री गल व्यक्तिको सल्लाहमा लाग्नुभयो। उहाँलाई असक्षम व्यक्तिहरूले गलत सल्लाह दिए। उहाँ त्यसैमा लाग्नुभयो’, उनले भने।

उनले सबै गाउँपालिकामा हस्पिटल बनाउने, डाक्टर, औषधी–उपकरणको व्यवस्था गर्ने, हेल्थ प्रयोगशालाको निर्माण गर्ने, स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अपग्रेड गर्ने योजना रहेको बताए। आफूले नयाँ स्वास्थ्य नितीमै ति कुरा समेटेको भए पनि प्रधानमन्त्रीकै कारणले कार्यान्वयन गर्न नसकेको उनको आरोप छ।

ओलीका कारण मुलुक आर्थिक रूपमा दरिद्र, राजनीतिक रूपमा अस्थिर भएको र लोकतन्त्र धरापमा परेको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय