पेन्टी किन्दा यी कुरामा ध्यान दिनुस्
धेरै मानिसले आफ्नो लुगा किन्नमा निकै समय खर्चिरहेका हुन्छन्। लुगा किन्दा मानिसले आफ्नो कम्फर्टलाई विशेष ध्यान दिन्छन्। तर, पेन्टी किन्दा मानिसले यो कुरामा धेरै समय खर्चिन चाहन्।
तर, पेन्टी किन्दा झनै ध्यान दिनुपर्ने हुन्छ। यदी पेन्टी कम्फर्टेवल भएन भने धेरै सास्ति खेप्नुपर्ने हुनसक्छ। बजारमा हाम्रो स्वास्थ्यका लागि हानिकारक पेन्टी हुनसक्छन्। त्यस्ता पेन्टीलाई चिन्न सक्नुपर्छ। पेन्टी किन्दा ध्यान पु-याइएन भने संक्रामक रोग लाग्न सक्छ। जसले गर्दा यौनीमा चिलाउने समस्या हुन्छ।
हामीले एकदमै आरामदायक पेन्टी किन्नुपर्छ। जसलाई लगाउँदा घन्टौं लगाउन सकियोस्। हामी सबैको शरीर एक अलगै तरिकाबाट बनेको हुन्छ। हामी सबैको छाला फरक-फरक हुन्छ। केही मानिसलाई लुगाको एलर्जी हुन्छ। केही मानिसलाई हुँदैन।
केही मानिसलाई बिकनी कट बढी आरामदायक लाग्छ। केहीलाई हिपस्टर्स आरामदायक लाग्छ। तर, जे किन्दा पनि आरामदायक हुनुपर्नेमा ध्यान दिनुपर्छ।
धेरै महिला छोटो पेन्टी खोज्न चाहन्छन्। उनी त्यसैमा फिट हुन खोज्छन्। तर, यस्तो गर्नु हुँदैन। यस्तो गर्दा छालामा समस्या हुनसक्छ। र, असहज महशुस पनि हुन्छ। यसले छालामा जल पनि पैदा हुनसक्छ।
केही समयका लागि टाइट पेन्टी लगाउन मन लागे लगाउन सकिन्छ। तर, यसलाई लामो समयसम्म प्रयोग गर्नु हुँदैन।
कटनबाट बनेको पेन्टी स्वास्थ्यका लागि निकै राम्रो मानिन्छ। कटन छालाका लागि आरामदायक मानिन्छ। तर, धेरै महिलाले कटनको पेन्टी मन पराउँदैनन्। र, पुलिस्टरको पेन्टी लगाइरहेका हुन्छन।
यी देखिनमा आकर्षक हुने भए पनि स्वास्थ्यका लागि भने हानिकारक हुन्छन्।
काम गर्ने महिलाले सधै पसिना सोस्ने पेन्टीको प्रयोग गर्नुपर्छ। पसिना सोस्ने पेन्टी भएन भने योनी गन्हाउने समस्या हुनसक्छ।