पिजी तर्फको भर्ना हुन चिकित्सा शिक्षा आयोगको अनुरोध

हेल्थपोस्ट नेपाल

चिकित्सा शिक्षा स्नातकोत्तर (पिजी) तहको सरकारी कोटामा तर्फ छनोट भएका विद्यार्थीलाई चिकित्सा शिक्षा आयोगले भर्ना हुन सूचित गरेको छ।

आयोगले एक सुचना जारी गर्दै फागुन ३ गतेसम्म भर्ना गर्ने अनुरोध गरेको हो।

पुस १८, १९ र २० गते सञ्चालित एकीकृत प्रवेश परीक्षाको योग्यताक्रम र परीक्षाथीहरुले निर्धारण गरेको प्राथमिकताका आधारमा सरकारी कोटा तर्फ माघ १९ र २७ गते प्रकाशित भर्ना सूचीमा नाम भएर हालसम्म सम्म भर्ना नभएकालाई तेस्रो सूचना जारी गर्दै फागुन ३ (भोली) सम्म भर्ना हुन भनेको छ।

आयोगले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र त्रिवि नेपाल आर्मी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना हुने दुई जना सरकारी कोटा तर्फका उम्मेद्वार भर्ना हुन सूचना जारी गरेको छ।



Leave a Reply

Your email address will not be published.