नेपालमा नयाँ प्रजातिको कोरोना संक्रमण फैलिएको आशंका

नेपालमा नयाँ भेरियन्ट (प्रजाति)को कोरोना भाइरस फैलिएको अनुमान गरिएको छ।

बेलायतबाट आएका चार जनामा भाइरस पुष्टि भएसँगै उनीहरूको सम्पर्कमा आएका मानिसमा पनि संक्रमण सरेको आशंका गरिएको छ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा निर्देशक डा. कृष्ण पौडेलका अनुसार भाइरस पुष्टि भएका एक व्यक्ति दुई हप्ता अघि मुक्तिनाथ दर्शन गरी पोखरा हुँदै काठमाडौं फर्किएका थिए।

उनीसँगै सम्पर्कमा आएका पोखराको १२ जनालाई नमुना परीक्षण गर्दा सबै व्यक्तिहरुमा ‘एस जीन’ नेगेटिभ आएपछि उनीहरुमा पनि नयाँ भेरियन्ट कोरोना भाइरस भएको आंशका गरिएको पौडेले बताए।

डा. पौडेलको अनसुसार केही व्यक्तिहरुमा नयाँ भेरियन्टको आंशका गरिएको भएपनि उनीहरुको जीन सिक्वेन्सी जाँच भने गरिएको छैन।

‘कन्ट्याक्ट ट्रेसिङमा परेका उनीहरु एस जीन नेगेटिभ आएका हुन्,’ डा. पौडेलले हेल्थपोस्टसँगको कुराकानीमा भने, ‘हामीले नयाँ प्रजातिको भाइरसको आशंका गरेका छौ, तर एकिन साथ भन्न सकिँदैन।’

डा. पौडेलका अनुसार ‘एस जीन नेगेटिभ’ आएका सबै स्वस्थ्य नै रहेका छन्।

त्यस्ता नमुनाको ‘जिनोम सिक्वेन्सिङ’ गरेर मात्र नयाँ स्वरूपको भाइरस भए–नभएको छुट्याउन सकिन्छ ।

एक हप्ता नेपालमै जीन सिक्वेन्सिङ परीक्षण गर्ने तयारी गरिएको डा. पौडेलले बताए।

महाशाखा प्रमुख कन्ट्याक्ट टे«सिङमा परेका ती व्यक्तिहरु लक्षण नभएका, सामान्य लक्षण भएको, कतिपयको पिसिआर रिपोर्ट नै नेगेटिभ आएका र स्वास्थ्यमा समस्या नभएका थिए।

उनले जिन सिक्वेन्सिङ नगरीकन उनीहरुमा कुन भेरियन्ट देखिएको भन्ने पत्ता लगाउन गाह्रो हुन भएको भन्दै ती यूके भेरियन्ट हुने सम्भावना बढी रहेको बताए।

पछिल्लो समय कोरोना भाइरसका विभिन्न भेरियन्ट देखिरहेका छन्। भाइरसहरुले रुप परिवर्तन गर्ने कुरा सामान्य नै मानिने डा. पौडेल बताउँछन्।

संक्रमितहरूको ट्राभल हिस्ट्री छैन । केन्द्रीय जनस्वास्थ्य प्रयोगशालामा अन्य जिल्लाबाट पनि यस्ता नमुना आउने क्रम बढ्दै छ ।

बेलायतमा देखिएको युके भेरिएन्ट अहिले देखिएको कोरोना भाइरसभन्दा ७० प्रतिशत तीव्र गतिमा फैलिने गरेको छ ।

यो अहिलेसम्म विश्वका ८० भन्दा बढी देशमा पुगिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय