मध्यपुरका नगरप्रमुख श्रेष्ठले लगाएको कोरोना खोप
मध्यपुर थिमी नगरपालिका नगरप्रमुख मदनसुन्दर श्रेष्ठले कोरोनाविरुद्धको खोप लगाएका छन्।
आज बिहान श्रेष्ठले नेपाल कोरिया मैत्री अस्पतालमा खोप लगाएका हुन्।
उनले आज सरकारको पहिलो चरणको दोस्रो प्राथमिकताअन्तर्गतको खोप लगाएका हुन्।
आइतबारदेखि सरकारले सरकारी कर्मचारी, जनप्रतिनिधिलाई पनि कोरोना खोप दिन थालेको छ।