कोरोना खोप लगाउन कुन हात उपयुक्त?
कोरोना जोखिम पूर्ण रूपमा समाप्त भइसकेको छैन। तर, कोरोनाविरुद्ध भनेकी भ्याक्सिनले आसा भने जगाएको छ।
नेपाललगायत विश्वका थुप्रै देशमा कोरोनाविरुद्धको खोप दिइँदैछ। अहिले फ्रन्टलाइनर व्यक्तिहरूलाई कोरोना खोप दिइँदैछ।
कोरोना खोप लगाउँदा धेरै मानिसमा कुन हातमा भ्याक्सिन लगाउने भन्ने अन्यौता पाइन्छ। धेरैको मनमा यो सवाल पनि हुनसक्छ।
अहिलेसम्म मान्यता पाएका अधिकांश खोपले हातको पाखुरामा लगाउने अनुमती पाएका छन्। एक महिनाको फरकमा भ्याक्सिनको अर्को डोज दिइन्छ। भ्याक्सिन लगाउँमा मानिसको हातमा थोरै दुखाई भएको गुनासो गरिरहेका छन्।
कुनै मानिसमा केही दिनसम्म हातमा दुखाई हुनसक्छ। जसले नियमित काममा थोरै बाधा पुग्नसक्छ। यही कारण केही मानिस खोप लगाउन डराइरहेका देखिन्छन्। तर, त्यसमा डराउनुपर्ने कुनै कारण नै छैन।
कोरोना खोप अन्य सामान्य खोप जस्तै हो। यो खोप लगाउन डराउनुपर्ने कुनै कारण नै छैन। भ्याक्सिन कुन पाखुरामा लगाउनेभन्ने महत्वपूर्ण कुरा होइन। जनस्वास्थ्य विज्ञका अनुसार खोप जुनसुकै हातमा पनि लगाउन सकिन्छ।
कोरोना खोप लगाएको ठाउँमा दुखाई हुने भएकाले डाक्टरले कुन हातमा लगाउने भनेर सल्लाह दिन्छन्। निर्णय आफूमा निर्भर हुने कुरा हो।
यसमा विज्ञको सल्लाह फरक-फरक हुनसक्छ। केही विज्ञले कम चल्ने भएकाले बाँया हातमा खोप लगाउन सुझाव दिन्छन्। जसले नियमित काममा कुनै बाधा नपरोस्। यसको अर्थ हुन्छ कुनै मानिसको दाँया हात बढी चल्ने भए बाँया हातमा खोप लगाउने बाँया हात बढी चल्ने भए दाँया हातमा खोप लगाउने।
खोप लगाउँदा एकदेखि दुई दिनसम्म मात्रै दुखाई हुने हो। तर, केही विज्ञले हातको दुखाईलाई चाडो कम गर्नका लागि मुभमेन्ट हुने हात रोज्नुपर्ने बताउँछन्। यसले मांसपेशिमा ब्लडको सर्कुलेसन बनिरहन्छ। र, दुखाईबाट चाडै राहत पाउनसकिन्छ।
कोरोनाको अर्को डोज एक महिनापछि लगाइन्छ। पहिलो डोज लगाएको केही दिनसम्म हातमा दुखाई हुन्छ। त्यसैले केही मानिस भ्याक्सिनको अर्को डोज आफ्नो अर्को हातमा लगाउन चाहन्छन्। डाक्टरका अनुसार यो एउटा राम्रो निर्णय हुनसक्छ। यसले पटक-पटक एकै हातमा हुने दुखाईबाट जोगिन सकिन्छ। र, भ्याक्सिनको असर पनि हुँदैन।
कोरोना खोप जुनसुकै हातमा लगाउँदा पनि हुने भएकाले अलमलमा पर्ननहुने स्वास्थ्यकर्मीको सुझाव छ।