कोरोना खोप बालबालिकामा पनि परीक्षण गरिने
अक्सफोर्ड र एस्ट्राजेनेकाद्वारा तयार पारिएको कोरोना खोप बालबालिकामा पनि परीक्षण गरिने भएको छ। परीक्षणमा ३ सय जनालाई सहभागी गराइनेछ। यही फेब्रुअरीको अन्त्यमा उनीहरुलाई खोप दिइनेछ।
परीक्षणमा ६ देखि १७ वर्षसम्मका बालबालिकाहरुको शरीरमा खोपले रोग प्रतिरोधात्मक क्षमता बनाउछ कि बनाउँदैन भनेर पत्ता लगाइनेछ।
परीक्षणका क्रममा २ सय ४० बालबालिकालाई कोरोना खोप दिइनेछ भने अन्यलाई नियन्त्रित मेनेन्जाइटिसको डोज दिइनेछ।
अक्सफोर्डका भ्याक्सिन ट्रायलका प्रमुख अनुसन्धानकर्ता प्राध्यापक एन्ड्रयु पोलार्डले शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि दिइने खोपले बालबालिकालाई लाभ पुग्ने बताए। हाल बेलायतमा १८ वर्षभन्दा बढी उमेरका मानिसमा कोरोना खोप लगाइएको छ।