आजदेखि दोस्रो चरणको खोप अभियान सुरु, कसले-कसले पाउने छन्?

काठमाडौं । नेपालमा आजदेखि दोस्रो चरणको कोरोनाविरुद्धको खोप अभियान सुरु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तेस्रो चरणमा जिल्लास्थित सबै सरकारी कार्यालय, सार्वजनिक संस्थान तथा बैंकका कर्मचारी, पत्रकार, स्थानीय तहका निर्वाचित जनप्रतिनिधिहरूलगायतले खोप लगाउन पाउने छन्।

यस्तै सिमा सुरक्षा पोष्टमा खटिएका सुरक्षाकर्मी र पहिला छुटेका स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयंसेवक, एम्बुलेन्स तथा शववाहन चालक, शव व्यवस्थापनमा खटिएका सुरक्षाकर्मीले पनि खोप पाउने मन्त्रालयले जनाएको छ ।

खोप लगाउन जाँदा परिचय पत्र साथमा बोक्नुपपर्ने छ । मन्त्रालयका अनुसार हालसम्म नेपालमा करिव २ लाखले खोप लगाइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय