फागुनको अन्तिम साताबाट आमसर्वसाधारणले खोप पाउने

फागुनको अन्तिम सातापछि कोरोना खोप सबैलाई लगाउने दिने योजना मन्त्रालयले बनाएको छ।

दोस्रो चरणको खोप अभियान (भोलि) आइतबारदेखि सुरू हुँदैछ।

सरकारी कर्मचारी, बैंकका कर्मचारी स्थानीय तहका जनप्रतिनिधि, सीमा सुरक्षा पोष्टमा खटिएका कर्मचारी र पहिलो चरणमा छुटेकाहरुलाई कोरोना खोप दिइनेछ।
यसका लागि स्थानीयपालिकाबाट खोप सञ्चालन गरिने स्वास्थ्य मन्त्रालयले जनाएको छ।

पहिलो चरणको दोस्रो प्राथमिकताको खोप फागुन २ देखि ८ गते सम्म सञ्चालन हुने मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।

‘खोप दिने क्रमसँगै खरिदको प्रक्रिया पनि अगाडि बढाइरहेका छौ। कोभ्यासबाट २२ लाख डोज खोप आउने सुनिश्चिता भएको छ,’ डा. गौतमले भने, ’ फागुनको अन्तिम साताबाट आम समुदायमा खोप अभियान सुरू गछौ।’

भारतले १० लाख डोज खोप ‘उपहार’ दिएपछि १४ माघदेखि खोप अभियान सुरु भएको थियो ।

पहिलो चरणमा स्वास्थ्यकर्मी, सफाइकर्मी लगायत ४ लाख ३० हजार फ्रन्टलाइनरलाई खोप लगाउने सरकारको लक्ष्य थियो। तर ११ दिनको अभियानमा देशभर एक लाख ८४ हजार ८ सय ५७ जनाले मात्र खोप लगाए ।

२६ माघदेखि ३० माघसम्म पत्रकार र कूटनीतिक नियोगमा कार्यरत कर्मचारीहरुलाई खोप दिइएको थियो।

अब तीन लाख डोज बाँकी नै रहेको छ। सो खोप लगाउनका लागि भोलीबाट पहिलो चरणको दोस्रो अभियान सुरू हुँदै छ।

सरकारको योजना अनुसार फन्टलाइरनमा खटिएका ९ लाख खोप दिने दिनुपर्ने थियो। तर, पहिलो चरणमा ५ लाखलाई पुग्ने खोप आएको छ।

‘हामीलाई पहिलो चरणमा फ्रन्टलाइनमा काम गर्ने ९ लाखलाई चाहिने हो, तर हामीसँग ५ लाख मात्र पुग्ने खोप भयो,’ डा. गौतमले भने, ‘चार लाखलाई लगाउनको लागि अझै खोप चाहिन्छ।’

४ लाख फ्रन्टलाइरनलाई पहिलो प्राथमिकतामा राखेर मात्रै अन्य उमेर समूहको प्राथमिकतामा खोप दिने डा. गौतमले बताए।

किन खोप लगाउन चासो बढेन ?

सरकारले पहिलो चरणमा १० दिनमै ४ लाख ३० हजार भन्दा बढीलाई खोप लगाउने योजना बनाएको थियो। सोही अनुसार खोप लगाउने चासो देखिएको हो ।
तर, स्वास्थ्य मन्त्रालयले खोप लगाउनको धेरै मानिस इच्छुक भएको दाबी गरेको छ।

डा. गौतम खोप लगाउन इच्छुक भएपनि लगाउन नपाइरहेको बताए ।

‘यो खोप जिल्लाको लगाइएको हो। सदरमुकाम आएर मानिसलाई खोप लगाउन गाहो छ,’ डा. गौतमले भने, ‘भोलिदेखि नगर÷गाउँपालिका स्तरमा गएर खोप लगाउँछन्।’

अन्य थप खोप आउने बित्तिकै जेष्ठ नागरिक र दीर्घरोगी लाई खोप लगाउने तयारी भएको सेवा विभाग अन्तर्गतका खोप महाशाखाको प्रमुख डा. झलक गौतमले बताए।

‘खोप वितरणको प्राथमिकता परिवर्तन नगरेको तर उपलब्धता हेरेर निर्णय गरिएको हो,’ डा.गौतमले भने, ‘खोप धेरै उपलब्ध भएको भए पहिले वृद्धवृद्धा र दीर्घरोगीलाई नै दिन्थ्यौं।’

सीमित खोप लिएर समुदायमा जान नमिलेका कारण जेष्ठ नागरिक र दीर्घरोगी लाई खोप दिन नसिकएको उनले बताए।

‘हामीसँग आवश्यकता भन्दा बढी खोप भएको भए समुदायमा जान्थौं। खोप निश्चित मात्रामा भएका कारण समूहमा जानु परेको छ,’ डा. गौतमले भने,‘खोप प्रशस्त आएपछि समुदाय स्तरबाट खोप अभियान सुरू हुन्छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय