पछिल्लो २४ घन्टामा ५७ संक्रमित थपिए, मृत्यु शून्य

हेल्थपोस्ट नेपाल

पछिल्लो २४ घण्टामा नेपालमा ५७ जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार आज थपिएका सहित नेपालमा संक्रमितको संख्या २ लाख ७२ हजार ६ सय १४ पुगेको हो।

शनिबार १ हजार ६ सय ३१ जना सक्रिय संक्रमित छन्।

हालसम्म नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २१ लाख १३ हजार ५ सय ४९ पुगेको छ।

गत २४ घण्टामा कुनै पनि संक्रमितको मृत्यु भएको छैन। हाल ८१ जना क्वारेन्टाइनमा छन्।

गत २४ घण्टामा १ सय ३३ जना उपचारपछि डिस्चार्ज भएका छन्।

यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ६८ हजार ९ सय २९ पुगेको मन्त्रालयले जनाएको छ।

यस्तै, देशभर हाल ७३ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन्।

५६ जना आइसियु र १७ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।



Leave a Reply

Your email address will not be published.