नेपाल परिवार नियोजन संघको महानिर्देशकमा डा. केसी नियुक्त
नेपाल परिवार नियोजन संघको महानिर्देशकमा डा. नरेशप्रताप केसी नियुक्त भएका छन्।
केसी एक वर्षका लागि संघको महानिर्देशकमा नियुक्त भएका हुन्। उनले आइतबारबाट आफ्नो जिम्मेवारी सुरु गर्ने बताइएको छ।
नेपाउनले स्वास्थ्य सेवा विभाग अन्तर्गत तत्कालिन आपूर्ति व्यवस्था महाशाखा, व्यवस्थापन महाशाखा, परिवार स्वास्थ्य महाशाखा, राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रको निर्देशकको जिम्मेवारी निर्वाह गरिसकेका छन्।