पहिलो बच्चा जन्माएको १६ घन्टापछि महिलाले जब थप दुई बच्चा जन्माइन्…

आइतबार ओखलढुंगाको चम्पादेवी गाँउपालिकाकी सान्ता कार्की बुढाथोकीलाई सुत्केरी बेथाले समात्यो।

उनलाई डेटभन्दा एक महिना पहिले नै बेथाले समातेको थियो। सुत्केरी बेथा लागेर ओखलढुंगाकै फेदिगुठ स्वास्थ्य चौकीमा जादैगर्दा आइतबार बाटैमा बिहान ४:३० बजे उनले छोरीलाई जन्म दिइन्।

बाटो छोरीलाई जन्म दिएकी सान्ताको अवस्था गम्भीर बनेपछि गाउँमा डेलिभरी सम्भव नभएको भन्दै राट्रपति महिला उत्थान कार्यक्रमअन्तगर्त हेलिकप्टरमार्फत उद्धार गरेर काठमाडौं ल्याइयो।

पछि उनलाई थापाथलीस्थित प्रसुती तथा स्त्रीरोग अस्पतालमा भर्ना गरियो। र, उनले त्यहाँ तिम्ल्याहा शिशुलाई जन्म दिइन्।

उनले थापाथली अस्पतालमा थप दुई छोरालाई जन्म दिइन्। अस्पतालका डिपुटी डाइरेक्टर श्रीप्रसाद अधिकारीका अनुसार शिशु र आमाको अवस्था सामान्य छ।

आइतबार नै शल्यक्रियामार्फत शिशुहरूको जन्म भएको थियो। अस्पतालमा जन्मिएका शिशुहरूको तौल १ किलो ८०० ग्राम र १ र ७०० ग्राम रहेको छ। बाटैमा जन्मिएकी शिशुको तौल भने २ किलो २०० ग्राम रहेको छ।

छोरीको जन्म आइतबार बिहान ४:३० बजे भएको अधिकारीले बताए। यस्तै दुई छोराको जन्म अप्रेसन गरेर साँझ ७:१९ र दोस्रो शिशु ७:२१ मा भएको उनले बताए। बिहीबार डिस्चार्ज गरिसकिएको उनले बताए।

पेटमा तीन बच्चा हुँदा सेभ नमिल्ने भएकाले अप्रेसन गर्नुपर्ने उनले बताए। एउटा बच्चा सिधा भएकाले बिहान जन्म भएको र अरुको जन्म हुन नसकेकाले अप्रेसन गर्नुपरेको उनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय