अक्सफोर्ड र एस्ट्राजेनेकाको कोभिड खोप प्रयोगका लागि डब्लुएचओको सिफारिस
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले अक्सफोर्ड विश्वविद्यालय तथा एस्ट्राजेनेकाले विकास गरेको कोभिड–१९ विरुद्धको खोप प्रयोगका सिफारिस गरेको छ ।
खोपसम्बन्धी बनेको डब्लुएचओको विज्ञहरूको रणनीतिक सल्लाहकार समूहले खोप प्रयोगका लागि अन्तरिम सिफारिस गरेको हो।
गत सोमबार बसेको डब्लुएचओ रणनीतिक सल्लाहकार समूहले यो खोपले ६३ प्रतिशत काम गर्न बताएको छ।
गत सोमबार बसेको डब्लुएचओ रणनीतिक सल्लाहकार समूहले यो खोपले ६३ प्रतिशत काम गर्न बताएको छ। यो खोप नेपालमा पनि प्रयोग भइरहेको छ।