मोटरसाइकल दुर्घटनामा डा. अधिकारीको मृत्यु

हेल्थपोस्ट/काठमाडौं
प्रकाशित
२०७७ माघ ३० गते ९:१३

धुनीबेंसी बनगरपालिकामा ट्रक र मोटरसाइकल ठोक्किँदा बुवाछोराको मृत्यु भएको छ। मृत्यु हुनेमा सिद्धलेक गाउँपालिकाको कोभिड अस्पतालमा कार्यरत ३० वर्षीय डा. सुरेश अधिकारी र उनका बुवा ६० वर्षीय बलराम अधिकारी रहेका छन् ।

धादिङबाट काठमाडौंतर्फ जाँदै गरेको प्र ३ ०२ ००९ प ८२३० नम्बरको मोटरसाइकल विपरीत दिशातर्फ जाँदै गरेको ना १ क ६५४७ नम्बरको ट्रकसँग जुध्दा भएको दुर्घटनामा धादिङ, नीलकण्ठ नगरपालिका वडा नम्बर ५ निवासी बाबुछोराको मृत्यु भएको हो।

दुर्घटनापछि मोटरसाइकलमा आगलागी भएको प्रहरीले जनाएको छ।

घाइतेको उपचारका लागि लाँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक महेन्द्र खड्काले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय