महिला र पुरुष कन्डमबीचको फरक के? कुन बढी सुरक्षित?
आजभोली मानिसले सुरक्षित शारीरिक सम्बन्धका लागि कन्डमको प्रयोग गर्छन्। कन्डमको प्रयोगले विभिन्न यौन रोगका साथै नचाहेको अवस्थामा गर्भ रहने जोखिम कम हुन्छ।
अचेल बिवाहित जोडिले अधिकांश कन्डमकै प्रयोग गरिरहेका हुन्छन्। पहिलेको तुलनामा अहिलेका मानिस बिहे लगत्तै बच्चा जन्मियोस भन्ने चाहन्न्। बच्चाको प्लानिङ गर्छन्। बच्चा पाउन पूर्ण रूपमा तयार नभएसम्म उनीहरूले बच्चा जन्माउँदैनन्।
यसको मतलब मानिसले शारीरिक सम्बन्ध नै नराख्ने भन्ने होइन। तर, उनीहरूले त्यसका लागि कन्डमको प्रयोग गर्छन्। कन्डम महिलाका लागि सामान्य विषय जस्तै बनिसकेको छ।
आजकाल बजारमा महिलाका लागि बनेका कन्डम पनि पाइन्छन्। जसलाई महिलाहरूले बेफिक्रि प्रयोग गरिरहेका हुन्छन्। महिला कन्डम सुरक्षित मानिन्छ। त्यसैले यसको प्रयोग गर्नेको संख्या बढ्दो छ। तर, धेरै मानिसलाई महिला कन्डम र पुरुष कन्डमबीच फरक केछ भन्ने बारेमा जानकारी नुहन सक्छ।
धेरै मानिसलाई महिलाको कन्डम बजारमा पाइन्छ भन्ने जानकारी नहुनसक्छ। यो कुराको जानकारी हामीलाई हुन जरुरी छ। कन्डम हामी सबैलाई बिभिन्न खाले यौन रोगबाट बचाउने सुरक्षित साधन पनि हो।
महिलाको यौनीमा कुनै संक्रमण नफैलियोस् भन्नका लागि महिला कन्डम बनाइएको हो।
महिला र पुरु कन्डमबीचको अन्तरको कुरा गर्दा पुरुष कन्डम लेटेक्स, पोलियुरेथेन, पोलिआइसोप्रेनबाट बनेको हुन्छ। महिलाको कन्डम पोलियुरेथेन वा नाइट्राइलबाट बनेको हुन्छ। जसले महिलाको यौनिको रक्षा गर्छ। यी दुबै कन्डमबाट नचाहेको गर्भलाई रोक्न सकिन्छ।
महिलको कन्डम पाउच आकारको हुन्छ। जसमा दुई सिरा हुन्छ। यस पाउचको एउटा सिरा बन्द हुन्छ भने अर्को खुला। दुबै सिरामा नरम पलास्टिक हुन्छ। जसको सहायताले सहजै यौनीमा कन्डम लगाउन सकिन्छ। र, अर्को लाई बिस्तारै यौनी भित्र राख्न सकिन्छ।
यस्तै पुरुषको कन्डमले लिंगलाई छोप्ने गर्छ। जसले गर्दा स्पर्म बाहिर जान सक्दैन। यो कन्डमले महिलाको यौनाङ्गको सुरक्षा पनि गर्छ।
पुरुष कन्डम लेटेक्सबाट बनेको हुन्छ। जसले गर्दा एलर्जी हुने जोखिम हुन्छ। महिलाको कन्डम हाइपोएलर्जिक हुन्छ। जसबाट एलर्जी हुँदैन।
यस्तो अवस्थामा कुन कन्डम बढी सुरक्षित भन्ने सवाल उठ्छ।
पुरुष कन्डम ९८ प्रतिशत र महिला कन्डम ९५ प्रतिशत सुरक्षित हुने अध्ययनले देखाएको छ। पुरुषको कन्डममा पानीवाला लुब्रिकेट हुन्छ। पुरुषको कन्डम सहजै लगाउन सकिन्छ। महिला कन्डमको प्रयोग झन्झटिलो हुन्छ।
यस्तै महिला कन्डम पुरुष कन्डमको तुलनामा अली महंगो हुन्छ।