त्रिवि स्वास्थ्यकर्मी संघले अन्तरक्रिया गर्ने

हेल्थपोस्ट नेपाल

नेपाल स्वास्थ्यकर्मी संघ त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान इकाई समितिले शुक्रबार अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ।

संघले परिचयात्मक कार्यक्रमका साथै संगठनात्मक सुदृढिकरण गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरेको सचिव सुमित बोहराले जानकारी दिए। उनले शुक्रबार दिउसो २ बजे अस्पतालको ९ नम्बर हलमा कार्यक्रम हुने बताए।

विरामीलाई स्तरिय सेवा प्रदान गर्नका लागि अध्ययन, अध्यापन र अनुसन्धानमा विशेष ध्यान दिइ संस्थाप्रति उत्तरदायी बन्न आफूहरू सधै उद्दत रहेको उनले बताए। उनले शुक्रबारको कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला, सह महामन्त्री डा. प्रकाश शरण महत उपस्थित रहने उनले बताए।



Leave a Reply

Your email address will not be published.