टेकुका अनाथ बालबालिकालाई नयाँ घर

हेल्थपाेस्ट/काठमाडौं
प्रकाशित
२०७७ माघ २९ गते १८:१९

मारवाडी समुदायका अग्रणी महिलाहरुको संस्था लेडिज सर्कलले टेकुस्थित जनउद्धार सेवा समितिमा आश्रित अनाथ बालबालिकाका लागि भौतिक संरचना निर्माण गर्न थालेको छ। त्यसैअन्तर्गत पहिलो चरणमा निर्मित चिकित्सा कक्ष विहीबार एक समारोहबीच हस्तान्तरण गरियो।

समितिले सन्चालन गर्दै आएको अनाथालयमा १७ बालबालिका आश्रित छन्। ०७२ को महाभूकम्पमा समिति परिसरका संरचना भत्केपछि आश्रित बालबालिकाहरुको विचल्ली भएको थियो। उक्त अवस्थामा सर्कलले नयाँ संरचना निर्माण  अभियान सुरु गरेको काठमाडौं लेडिज सर्कल- १ की अध्यक्ष प्रभा शारडाले बताइन। ‘बाँकी संरचनाका लागि हामी आगामी दिनमा लागि पर्नेछौं,’ उनले भनिन्।

लेडिज सर्कलकी राष्ट्रिय अध्यक्ष रश्मि दासले कोरोना कहरका बीच पनि सामाजिक उत्तरदायित्वका काममा सक्रिय हुन पाएकामा अपार सन्तुष्टि मिलेको बताइन्।

नेपाल प्रहरीकी उपरीक्षक गंगा पन्तले उक्त कक्ष उद्घाटन गरेकी हुन्। पन्तले अर्काको दुःखपीडा कम गर्न लागिपर्ने जो कोही सराहनायोग्य हुने उल्लेख गर्दै महिला सशक्तिकरणमा समाजसेवाले ठूलो अर्थ राख्ने उल्लेख गरिन्।

नेपइनसाइट मिडिया प्रा लि लेडिज सर्कलको आधिकारिक मिडिया पार्टनर हो। नेपइनसाइट अध्यक्ष सुन्दर खनालले परोपकारको साँचो सँस्कृति समाजमा खट्कदै गएको अवस्थामा बालबालिकाहरुको हितमा काम गरिनु उदाहरणीय भएको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय