झाक्रीलाई तत्काल रिहा गर : डा. गोविन्द केसी

चिकित्साशिक्षा अभियान्ता डा. गोविन्द केसीले नेकपा नेतृ रामकुमारी झाक्रीको पक्राउप्रति आपत्ति जनाउँदै तत्काल रिहाइको माग गरेका छन्।

संविधानमाथि प्रधानमन्त्रीले गरेको हस्तक्षेपविरुद्ध फागुन १२ गतेदेखि अनशन घोषणा गर्न आयोजित कार्यक्रममै डा. केसीले झाक्रीको रिहाइको माग गरेका हुन्।

उनले नागरिकभन्दा माथि कोही नभएको भन्दै नागरिकको रूपमा शासकका कामको आलोचना गरेकै भरमा पक्राउ गर्नु संविधान र अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप भएको बताए।

यसअघि नेतृ झाक्री डा. केसीको अनशन र अभियानको खरो विरोध गर्दै आएका थिइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय